काठमाडौं । एमाले निकट राष्ट्रिय युवा संघले आयोजना गरेको युवा साहित्य महोत्सव २०२५ समापन भएको छ । २०८१ चैत्र २५ देखि २९ गतेसम्म सञ्चालन भएको साहित्य महोत्सवमा विभिन्न विधामा प्रतियोगिता भएको थियो । साहित्य सम्मेलनअन्तर्गत विभिन्न विधामा उत्कृष्ट युवाहरुलाई शुक्रबार पुरस्कृत गरिएको थियो ।
साहित्य महोत्सव अन्तरगत ४० वर्षमुनिका युवारुलाई लक्षित गरेर आयोजित राष्ट्रव्यापी वक्तृत्वकला प्रतियोगितामा भक्तपुर मल्टिपल क्याम्पसकी विनिता तामाङ प्रथम भएकि थिइन् । उनले १ लाख रुपैयाँ जितिन् । दिग्विजय लामिछाने दोस्रो र इशा थापा तेस्रो हुँदै ५० हजार र ३० हजार रुपैयाँ जितेका थिए ।
निबन्धतर्फ मनोज बुढा प्रथम हुदैँ ५० हजार रुपैयाँ जितेका थिए भने दोस्रो भएकी ज्योति घिमिरेले ३० हजार र देबु गिरीले तेस्रो हुँदै २० हजार रुपैयाँ जितिन् ।
यस्तै, गजल विधामा प्रथम दिपिन सिजापति भएका थिए । प्रथम स्थान हासिल गरेका सिजापति नगद पुरस्कार ५० हजार रुपैयाँ प्राप्त गर्न सफल भएका छन् ।
गजल तर्फ नै दोस्रो स्थान हासिल गर्दै अंकित आचार्यले नगद ३० हजार रुपैयाँ प्राप्त गरेका छन् । साथै तेस्रो स्थान हासिल गर्दै खिमा नन्द जोशीले २० हजार रुपैयाँ पुरस्कार पाएका छन् । यसैगरी, कविता प्रतियोगिता तर्फ जीवन आरोहीले पहिलो स्थान हासिल गर्दै ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका थिए ।
दोस्रो स्थान हासिल गर्दै रबिना कँडेलले ३० हजार नगद पुरस्कार प्राप्त गरिन् भने तेस्रो स्थान हासिल गर्दै सन्तोष पौडेलले २० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्न सफल भए ।
उक्त प्रतियोगितामा १००० जनाको सहभागिता रहेको थियो । कार्यक्रममा युवा वैज्ञानिक निश्चल बानियाँ र डा. प्रकाश महतलाई सम्मान गरिएको थियो ।
प्रतिक्रिया