Logo

समाचार

नेपाल पन्छी संरक्षण संघको वार्षिक क्यालेन्डर सार्वजनिक, १२ जना फोटोग्राफरको तस्बिरहरु समेटियो


२९ चैत्र २०८१, शुक्रबार  

69
Shares

काठमाडौं । नेपाल पन्छी संरक्षण संघले आफ्नो वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच संघले आफ्नो वार्षिक क्यालेन्डर सार्वजनिक गरेको हो ।

कार्यक्रमपछि नेपाल न्यूज बैंकसँगको कुराकानीमा संघका सदस्य सुदर्शन कार्कीले यस वर्षको क्यालेन्डरमा १२ जना फोटोग्राफरले खिचेको तस्बिरहरु समेटिएको जानकारी दिए ।

कसैले पनि नदेखेको,पहिलो पटक पत्ता लगाएको चरासमेत सबैले क्यालेन्डरमार्फत हेर्न पाउनेगरी राखिएको पनि उनले बताए ।

उनले भने,‘आज हाम्रो क्यालेन्डर सार्वजनिक भएको छ । यो क्यालेन्डरमा १२ जना फोटोग्राफरले भाग लिएको छ । र उहाँहरुको बेस्ट काम भएको छ । यो वर्षको क्यालेन्डरमा कसैले पनि नदेखेको पहिलो पटक पत्ता लगाएको चरा राखेको छौं । तीन सय जना जतिले यो चरा देखेको छैन । सबैले देख्नुहोस् भनेर क्यालेन्डरमा राखेको छौंै । ’

त्यस्तै उनले आउने पुस्ताहरुलाई पनि चरा देखाउनको लागि संरक्षण गर्न आवश्यकता रहेको बताए ।

उनले भने, ‘चराको संरक्षण किन पनि गर्नुपर्छ भने हामीले त देख्यौं तर अझै नी कत्तिले देखेको छैनन् । झन हाम्रो सन्ततीले कसरी देख्न पाउँछन् ?त्यसकारण यसको संरक्षण गरौं ।’  

प्रकाशित मिति : २९ चैत्र २०८१, शुक्रबार  ७ : ५७ बजे