काठमाडौं । दुर्गा प्रसाई पक्राउ परेको भन्दै भ्रामक समाचार प्रकाशन, प्रशारण नगरिदिन प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक दिनेश कुमार आचायले अनुरोध गरेका छन् ।
बिहिवार राति प्रेस विज्ञप्ती जारी गर्दै उनले ’दुर्गा प्रसाई पक्राउ’ भन्ने शीर्षकमा विभिन्न समाचारहरू प्रकाशन भएको सन्दर्भमा नेपाल प्रहरीको गम्भीर ध्यानाकर्षण भएको बताएका हुन् ।
विज्ञप्तीमा भनिएको छ, ‘नेपाल प्रहरीको विभिन्न स्रोत उल्लेख गरी ’दुर्गा प्रसाई पक्राउ’ भन्ने शीर्षकमा विभिन्न समाचारहरू प्रकाशन भएको सन्दर्भमा नेपाल प्रहरीको गम्भीर ध्यानाकर्षण भएको छ ।’
उनले विभिन्न आपराधिक घटनामा संलग्न रही फरार रहेका प्रसाई प्रहरीको खोजीको सूचिमा रहेको जानकारी थिए ।

प्रतिक्रिया