Logo

Breaking News 1

संघीय संसद अन्तर्गत विभिन्न तीनवटा समितिको बैठक बस्दै



काठमाडौं । आज संघीय संसद अन्तर्गत विभिन्न तीनवटा समितिको बैठक बस्दैछ । बिहीबार पूर्वाधार विकास समितिको ४९औँ बैठक बिहान ११ बजे समितिको सभाकक्ष सिंहदरबारमा बस्ने छ ।

बैठकमा विद्युत विधेयक, २०८० माथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ । त्यस्तै, विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान १० बजे सिंहदरबारमा बस्दै छ ।

बैठकमा चालु आर्थिक वर्ष २०८१–०८२ को बजेटको खर्चको स्थिति र आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेटको तयारी सम्बन्धमा छलफल गर्ने कार्यसूची छ ।

यस्तै, विधायन व्यवस्थापन समितिको ५७औँ बैठक पनि बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा पानी जहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा दफावार छलफल गर्ने कार्यसूची छ ।

प्रकाशित मिति : २८ चैत्र २०८१, बिहिबार  ८ : २४ बजे