Logo

Breaking News 1

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज बस्दै



काठमाडौं । संघीय संसदको राष्ट्रिय सभा अन्तर्गत रहेको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ । बुधवार सिंहदरवारमा बिहान ११ बजे समितिको बैठक बस्न लागेको हो ।

आजको बैठकमा समितिको वार्षिक कार्यतालिकाको समिक्षा, समितिले गर्न लागेको पुरातत्व विभागको भ्रमणबारे छलफल, सार्वजनिक खरिद अनुगमन कार्यालयका पदाधिकारीहरुसँग हुने छलफलको पूर्वतयारीका बारेमा छलफल हुनेछ ।

प्रकाशित मिति : २७ चैत्र २०८१, बुधबार  ८ : २५ बजे