काठमाडौं । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १७ औँ बैठकले वायु प्रदूषणका विषयमा छलफल गरेको छ ।
सोमबार बसेको परिषद्को १७ औँ बैठकले वायु प्रदूषण कम गर्न सम्पूर्णमा सचेतना फैलाउनु र नियन्त्रण गर्नका लागि जनशक्ति परिचालन गर्न समेत निर्देशन दिने निर्णय गरेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख ई. दिनेशप्रसाद भट्टले जानकारी दिए ।
उनले भने, ‘वायु प्रदूषणमा विषयमा आज छलफल भयो । वायु प्रदूषणको एउटा मुख्य कारक अहिले वनडढेलो हो यो सम्बन्धी पनि जानकारी गराइयो । यो सम्बन्धी परिषद्ले गृहमन्त्रालय, वन तथा वातावरण मन्त्रालय, प्रदेश सरकार, स्थानिय सरकार सम्पूर्णमा सचेतना पनि फैलाउनु र नियन्त्रण गर्नका लागि जनशक्ति परिचालन गर्न समेत निर्देशन दिने निर्णय गरेको छ ।’
साथै बैठकले जाजरकोटको भूकम्प र डोटी बझाङको भूकम्पले पुर्याएको विस्तृत क्षति आँकलन राम्रो गतिले गैइरहेको बताए । उनले ६ हजार घरको डिडिए आएको छ र त्यो डिडिए १ महिनाभित्र सम्पन्न गर्ने गरी टोली परिचालन गरिने समेत भट्टले बताए ।
उनले भने,‘जाजरकोटको भूकम्प र डोटी बझाङको भूकम्पले पुर्याएको विस्तृत क्षति आँकलन धेरै राम्रो तरिकाले गएको थिएन पहिले । अहिले यो एकदमै राम्रो गतिमा गैइरहेको छ भनेर परिषद्को १७ औँ बैठकमा जानकारी गराइयो । अर्को असोजको मनसुन जन्य विपद् थियो त्यसमा पनि हामीले काम अगाडि बढाउन सकेका थिएनौं । घरको क्षतिको आँकलन गर्न फिल्डमा सिकाउने निर्णय गरेका छौं । अहिले ६ हजार घरको डिडिए आएको छ त्यो डिडिए १ महिनाभित्र सम्पन्न गर्ने गरी त्यो टोली परिचालन गर्दैर्छौं ।’
प्रतिक्रिया