Logo

कर्पोरेट

बुटवल पावरले एफपीओ रद्द, ४० प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय



काठमाडौं। बुटवल पावर कम्पनीले एफपीओ (फोलिओ पब्लिक अफरिङ) रद्द गरी ४० प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय गरेको छ। कम्पनीको सञ्चालक समितिको बैठक, २२ चैत शुक्रबार, उक्त निर्णयमा पुग्यो।

कम्पनीले प्रिमियम मूल्यमा १ करोड कित्ता एफपीओ बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति मागेको थियो। तर, अब कम्पनीले एफपीओ रद्द गर्दै ४० प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय गरेको छ।

हाल बुटवल पावरको चुक्ता पुँजी ३ अर्ब ४० करोड ९० लाख ६४ हजार ६०० रुपैयाँ रहेको छ। यस पुँजीको ४० प्रतिशतले १ अर्ब ३६ करोड ३६ लाख २५ हजार ८०० रुपैयाँ बराबरको हकप्रद शेयर जारी हुनेछ।

यस निर्णयले कम्पनीको पूंजी वृद्धिका साथै शेयरधारकलाई थप लाभ दिने विश्वास गरिएको छ।

प्रकाशित मिति : २५ चैत्र २०८१, सोमबार  १ : ०३ बजे