काठमाडौँ । महोत्तरी जिल्लाको जलेश्वर स्थित भूमिसुधार तथा मालपोत कार्यालयका तीन कर्मचारीलाई घुसको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ।
अख्तियारको बर्दिवासस्थित टोलीले खरिदार मुन्नु कुमार दास, लेखापढी जिवछ महतो र नायब सुब्बा दिपेन्द्र नारायण चौधरीलाई सेवाग्राहीसँग घुसको रकम रु. ३५,००० लिएको अवस्थामा पक्राउ गरेको हो।
ती कर्मचारीहरूले जग्गाको ट्रायल चेक र नक्सा सुधार गरी लालपूर्जा बनाउनको लागि सेवाग्राहीसँग घुस मागेका थिए। उक्त घटनामा संलग्न कर्मचारीहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कारवाही गर्न माग गर्दै विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरिएको छ।
आरोपपत्रमा प्रतिवादी मुन्नु कुमार दास र दिपेन्द्र नारायण चौधरीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ अन्तर्गत सजायको माग गरिएको छ। यस्तै, जिवछ महतोलाई पनि सोही ऐनको दफा ३ अन्तर्गत कारवाहीका लागि पेश गरिएको छ।
प्रतिक्रिया