Logo

कर्पोरेट

नेप्सेका नवनियुक्त सीईओ चापागाईँले बुझे नियुक्ति पत्र



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) चुडामणि चापागाईँले नियुक्ति पत्र बुझेका छन्।

सन्देश प्राप्त अनुसार, हिजो साँझ बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई सीईओको जिम्मेवारी सुम्पने निर्णय गरेको थियो। राजस्व सचिव दिनेशकुमार घिमिरेले उनलाई नियुक्ति पत्र हस्तान्तरण गरे।

चापागाईँको नियुक्तिले नेप्सेको आगामी कार्य सञ्चालनमा नयाँ दिशा र उत्थानको अपेक्षा गरिएको छ।

प्रकाशित मिति : १९ चैत्र २०८१, मंगलबार  ५ : ०० बजे