Logo

Breaking News 1

रास्वपा केन्द्रीय समितिको औपचारिक अन्तिम बैठक जारी



चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को औपचारिक अन्तिम बैठक आज यहाँ सुरु भएको छ । महाधिवेशनमा लैजाने ‘एजेन्डा’ पारित गर्न अन्तिम बैठक भरतपुरको दियालो फुडल्याण्डमा सुरु भएको हो ।

बैठकले आइतबारदेखि यहाँ हुने महाधिवेशनका प्रतिनिधिको अन्तिम नामावली पारित गर्ने प्रवक्ता मनिष झाले बताए । उनका अनुसार बैठकले विधान संशोधन प्रस्ताव पारित गर्ने छ ।

यसअघि नै सचिवालयले केन्द्रीय समितिका लागि पठाएका एजेन्डाहरूमाथि छलफल गरेर आज पारित हुने उनले बताए । ती एजेन्डा महाधिवेशनमा लगिने छ । त्यहाँ अनुमोदनपछि कार्यान्वयन हुने उनको भनाइ छ ।

विधान संशोधन गरेर केन्द्रीय समितिको सङ्ख्या बढाउन लागिएको छ भने महिला सहभागितालाई पनि बढाइँदै छ । बैठक सभापति रवि लामिछानेको अध्यक्षतामा सुरु भएको हो ।

यसअघि दिउँसो १ः०० बजे बस्ने भनिएको बैठक केही ढिलो र ठाउँ परिवर्तन गरी सुरु भएको हो । महाधिवेशनका लागि केन्द्रीय समितिसँगै नेता र प्रतिनिधिहरू चितवन आउने क्रम सुरु भएको छ ।

प्रकाशित मिति : ६ असार २०८३, शनिबार  ३ : ३१ बजे