Logo

समाचार

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै



काठमाडौं । संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज पनि बस्दैछ ।

बैठक बिहान ८ बजे समितिको बैठक कक्ष सिंहदरबारमा बस्ने संसद सचिवालयले जनाएको छ ।

बैठकमा विद्यालय शिक्षा विधेयक– २०८० माथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।

प्रकाशित मिति : १८ चैत्र २०८१, सोमबार  ७ : ५५ बजे