Logo

मुख्य समाचार

देशको राजनीतिक परिस्थिति चूनौतिपूर्ण बन्दै गएको छ : पूर्ण बस्नेत



काठमाडौं ।  जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले देशको राजनीतिक तथा आर्थिक परिस्थिति चूनौतिपूर्ण बन्दै गएको बताएका छन् ।

बस्नेतले परिवर्तन विरोधी दक्षिणपन्थी तथा यथास्थितिवादी शक्तिहरुको गतिविधि र सरकारको कार्यशैली, नीति र रबैयाले देशको परिस्थिति निराशाजनक र अन्योलपूर्ण बन्दै गएको बताएका हुन् ।

‘शुक्रबार काठमाण्डौमा भएको आगजनी, लुटपाट, तोडफोडको घटनाले मुलुकको वर्तमान अवस्थालाई उजागर गरेको छ,’ बस्नेतले भने । 

संघीयता, लोकतन्त्र, सुशासन, सामाजिक न्याय र समाजवादको पक्षमा रहेका राजनीतिक शक्तिहरुबीच नयाँ ढंगले सहकार्य र एकता गर्दै अगाडि बढ्नुपर्ने बेला आएको उनको भनाइ छ ।

प्रकाशित मिति : १६ चैत्र २०८१, शनिबार  ९ : ०८ बजे