Logo

प्रदेश

खोलाको किनारमा महिलाको शव फेला, पहिचान खुलेन


१५ चैत्र २०८१, शुक्रबार  

46
Shares

रौतहट । रौतहटको मनुसमारा खोलाको किनारमा फेला परेको शव पहिचान खुलेको छैन ।

राजदेवी नगरपालिका–६ स्थित मनुसमारा खोलाको पूर्वी किनारमा शुक्रवार बिहान करिब ३५ वर्षीया महिलाको शव फेला परेको हो ।

मृतकको खुट्टा पानीमा डुबेको र शरीरको अन्य भाग बाहिर रहेको अवस्थामा देखिएको खबर प्राप्त भएपछि प्रहरी घटनास्थलमा पुगेको  थियो ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायव उपरीक्षक दीपक कुमार रायका अनुसार महिलाको शवबाट पहिचान खुल्ने कागज फेला नपरेकाले नाम, थर र ठेगाना नखुलेको हो ।

महिलाको मृत्यु कसरी भयो भन्ने विषयमा अनुसन्धान अघि बढाइएको उनले जानकारी दिए । यस घटनाबारे थप आवश्यक अनुसन्धान भइरहेको र शवको पोस्टमार्टमपछि थप विवरण खुल्ने जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार  ५ : ४६ बजे