काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए ) मा हाल देखिएको विवाद समाधान गरी संस्थालाई बलियो बनाउन एकताको महाधिवेशन सफल पार्न एनआरएनए हंगेरीको अध्यक्ष नारायण भण्डारीले अपिल गरेका छन् ।
अध्यक्ष भण्डारीले सर्वोच्च अदालतको परमादेश पालना गर्दै आउँदो मे महिनामा काठमाडौँमा हुन गइरहेको एकताको महाधिवेशनमा सबै पक्ष सहभागी हुनुपर्ने बताएका हुन् । उनले लामो समयदेखिको विवादले गर्दा एनआरएनएको साख निकै गिरेको बताउँदै अब एकजुट भएर सहकार्य गर्नुको विकल्प नभएको धारणा व्यक्त गरे ।
‘गएको केही समय यता एनसीसीहरु चेपुवामा परेका छन् । एनसीसीहरू स्वायत्त निकाय हुन् । यिनलाई चेपुवामा पार्नु ठिक होइन । आपसमा इगोको लडाई गर्नुको सट्टा मिलेर अगाडी बढ्दा नै संस्था र सबै एनआरएनहरूको हित हुन्छ,’ उनले भने ।
उनले हंगेरीमा बस्ने सबै एनआरएनहरूलाई उच्चस्तरीय समितिको वेबसाइट (धधध.लचलबजअि.अयm) मा गएर ३१ मार्च २०२५ भित्र सदस्यताको लागि निवेदन दिन आग्रह पनि गरे ।
अध्यक्ष भण्डारीले बद्री केसी पक्षलाई सर्वोच्च अदालतको निर्देशन बमोजिम सदस्यता सूचना प्रणाली (एमआइएस) लगायत सङ्घको सचिवालयमा उच्चस्तरीय समितिलाई पहुँच दिन आग्रह पनि गरे । ‘सङ्घको भवन र सचिवालय हामी सबैको साझा हो । कुनै एक पक्षले सचिवालय कब्जा गर्न मिल्दैन,’ उनले भने ।
प्रतिक्रिया