काठमाडौं । स्वयम्भूस्थित आनन्दकुटीमा एक व्यक्तिले सुन जस्तो देखिने विभिन्न धातुका गहना बिक्रीका लागि लैजान लागेको सूचनापछि प्रहरीले छानबिन सुरु गरेको थियो। प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले उक्त व्यक्तिको खानतलासी गर्दा विभिन्न गहना बरामद गरेको छ।
पक्राउ परेको व्यक्ति नुवाकोट जिल्लाको विदुर नगरपालिका वडा नं. ५ का ४१ वर्षीय दीपेश लाल चित्रकार रहेका छन्। उनी अहिले काठमाडौं महानगरपालिका वडा नं. १४ कंलकीमा बस्दै आएका छन्।
प्रहरीले पक्राउ गरेका गहनाहरूमा सुन जस्तो देखिने धातुका ५० भन्दा बढी गहना रहेका छन्। बरामद गहनामा ११ थान नौगेडी माला, ७ थान सिङगल गेडी माला, १३ थान क्रिस्टल सहितको माला, ६ थान मंगलसुत्र, १ थान सोली गेडी माला, ३ जोडी टप, १ थान तिलहरी, ९ थान क्लिप, ३ थान मोती माला लगायतका वस्तुहरू छन्।
प्रहरीले गहनाहरू र आरोपीलाई राजस्व अनुसन्धान विभाग, ललितपुर पठाई थप अनुसन्धान र कारवाही प्रक्रिया अघि बढाएको जनाएको छ।










प्रतिक्रिया