Logo

मुख्य समाचार

संसद बैठक आधा घण्टाका लागि स्थगित



काठमाडौं । प्रतिनिधिसभाको बैठक आधा घण्टाका लागि स्थगित भएको छ । प्रतिपक्षी दलहरुले संसद अवरोध गरेपछि सभामुख देवराज घिमिरेले आधा घण्टाका लागि बैठक स्थगित गरेका हुन् ।

सरकारले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाएको विरोधमा आज संसद अवरोध गरेका हुन् ।

प्रतिनिधिसभाको बैठकमा विपक्षी सांसदहरुले घिसिङलाई  हटाएको बारे प्रधानमन्त्रीले सदनमा आएर जवाफ नदिएसम्म सदन चल्न नदिने बताएका छन् ।

प्रकाशित मिति : १३ चैत्र २०८१, बुधबार  १२ : १९ बजे