काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत मंगलबार अर्को हाइ स्कोरिङ खेलमा पन्जाब किङ्सले गुजरात टाइटनलाई ११ रनले हराएको छ । सुरुमा ब्याटिङ गरेको पञ्जाबले दिएको २४४ रनको लक्ष्य पछ्याएको गुजरात २३२ रनमा समेटिएको हो ।
सुरुमा ब्याटिङ गरेको पञ्जाबका लागि कप्तान श्रेयास ऐयारले कप्तानी पारी खेलेका हुन्। उनले अविजित रहँदै ४२ बलमा ९७ रन जोडे । उनी शतकका लागि मात्र तीन रनले चुके । २४४ रनको लक्ष्य पछ्याएको गुजरातले ५ विकेट गुमाउँदै २३२ रन मात्र जोड्दा पञ्जाब ११ रनले विजयी भयो। गुजरातका साइ सुदर्शनले ४१ बलमा ७४ रन र कप्तान शुभमन गिल १४ बलमा ३३ रन जोडेर आउट भएका थिए ।
सेफन रुदरफोर्डले २८ बलमा ४६ रन जोडे। जोस बटलरले ३३ बलमा ५४ रन जोडे। आर्सदीप सिंहले ४ ओभरमा ३६ रन खर्चेर २ विकेट लिए । पञ्जाबका लागि कप्तान ऐयारले अविजित रहँदै ४२ बलमा ९७ रन जोडे। उनको पारीमा ५ चौका र ९ छक्का समावेश थियो । यसैगरी पञ्जाबका लागि शशांक सिंहले नटआउट १६ बलमा ४४ रन जोडे । उनको पारीमा ६ चौका र २ छक्का समावेश थियो । यसअघि प्रियांश आर्यले पारीको सुरुवात गर्दै २३ बलमा ४७ रन जोडेका थिए ।
यो खेलसँगै आईपीएल यो जितको पहिलो खेल सबै टिमले खेलिसकेका छन् । पहिलो खेलमा सनराइजर्स हैदरावाद, रोयल च्यालेन्जर्स बैंग्लोरु, चेन्नई सुपर किंग्स, दिल्ली क्यापिटल्स र पञ्जाब किंग्स विजयी हुँदा गुजरात टाइटन, लखनउ सुपर जाइन्ट्स, मुम्बई इन्डियन्स, कोलकोत्ता किंग्स राइडर्स र राजस्थान रोयल्सले पराजयबाट खेलको सुरुवात गरेका छन् ।
प्रतिक्रिया