Logo

समाचार

नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा रसियन फिल्म देखाइयो



काठमाडौँ । रोस्किनोले मार्च २० देखि २४ सम्म नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सवको क्रममा रुसी फिल्महरूको प्रदर्शन आयोजना गरेको छ ।

शनिवार काठमाडौँको छायाँ सेन्टरमा रुसी चलचित्र दिवसको आयोजना भएको हो ।  रोस्किनोद्वारा आयोजित र रूसी संस्कृति मन्त्रालयको सहयोगमा तीनवटा रुसी चलचित्रहरु प्रदर्शनी गरिएको छ । प्रदर्शन भएका चलचित्रहरुमा चार चौथाई, न्युरेम्बर्ग र हामी तीन जना चलचित्रहरू प्रदर्शन गरिएको छ ।

निफका अध्यक्ष केपपी पाठकले, निफमा रसियन चलचित्र दिवस पहिलोपटक मनाएकोमा खुशी व्यक्त गरे । उनले, विभिन्न देशसँगको चलचित्र सहकार्य कायम गर्न खोजेको र संसारका चलचित्र नेपालीसहित विश्वमाझ देखाउन चाहने बताए । उनले यस वर्षको निफमा रसियन समाज, रसियन चलचित्र र रसियन गतिविधिलाई अगाडि बढाउने लक्ष्य रहेको बताए ।

रसियन कल्चर सेन्टरमका निर्देशक एनथम मास्लोवले, ‘नेपाली दर्शकहरूले रसियाको बारेमा र रसियाको चलचित्रको बारेमा देखाउनु भएको उत्साह सरहनीय भएको बताए ।

उनले रसियन एम्बेस्सी र रोस्किनोको सहकार्यमा निफले शुरूवात गरेको यो कदमले अझै धेरै रसियन फिल्म, संस्कृति र रसियनहरूको जीवन देखाउन खोजेको बताए । अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको विशेषता नै यही हो ।

निकोलाई लेबेदेवद्वारा २०२३ मा निर्देशित चलचित्र न्युरेम्बर्ग, एबजेनिया तिर्दाटोवाद्वारा निर्देशित चलचित्र २०२४ चौथाई, हामी तीन जना निर्देशित चलचित्र एलेकजेन्ड्रा सह्राना २०२१ मा निर्देशन गरिएको हो ।

प्रकाशित मिति : ९ चैत्र २०८१, शनिबार  ३ : ५७ बजे