काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले जलस्रोत भएको मुलुक मध्येको नेपाल पनि एक भएकाले पानीको संरक्षणमा लाग्नु आजको आवश्यकता रहेको बताएका छन् ।
शनिबार ‘प्रथम राष्ट्रिय पानी सम्मेलन’ मा बोल्दै मन्त्री खड्काले पानीको सहि सदुपयोग र सहि उपयोग गर्न सके दैनिक जिवनमा मात्रै नभैइ मुलुकको आर्थिक समृद्धिमा समेत टेवा पुर्याउने बताएका हुन् ।
उनले भने, ‘पानी बिना जिवन एकछिन कल्पना गर्न पनि हामीलाई गाहे छ । सबैभन्दा बढी पानी अर्थात जलस्रोत भएको मुलुक मध्येको एक नेपाल पनि हो भनेर यसको उपयोग गर्दैगर्दा हामी महशुस गर्न सक्छौं । यसरी तुलनात्मक ढंगले यसलाई हेरेर यसको संरक्षणमा लाग्नु आजको आवश्यकता हो । यसलाई सहि सदुपयोग र उपयोग गर्नु आजको आवश्यकता हो । दैनिक जिवनमा मात्रै होइन मुलुकको आर्थिक समृद्धिका लागि पनि यो पानी अर्थात जलस्रोत अत्यन्तै उपयोगी छ । खासगरी नेपालका लागि क्रान्तिकारी आर्थिक समृद्धिको लागि पानीको उपयोग गरेर समृद्ध बनाउने, रोजगारी सिर्जना गर्ने, मुलुकले लक्ष्य लिएर अगाडि बढीरहेको छ । ’
साथै उनले पानीको संरक्षण सँगसँगै पानीबाट श्रृजित चुनौतिहरुको व्यवस्थापन गर्नुपर्ने बताए । उनले हिमालहरुको अवस्था, हिमनदीहरुको अवस्था र त्यसबाट श्रृजित समस्याहरुको समाधानका लागि नेपाल सरकार गम्भिर रुपले लागिरहेको समेत बताए ।
उनले भने, ‘हामीले स्वच्छ पानीका कुरा गरिराखेका छौं । र पानीको संरक्षण सँगसँगै पानीबाट श्रृजित चुनौतिहरुको व्यवस्थापन आवश्यक छ । वातावरण प्रभावका कुरा गरिराखेको छौं । वातावरणका असरका कारण, हिमालहरुको अवस्था, हिमनदीहरुको अवस्था र त्यसबाट श्रृजित समस्याहरुको समाधानका लागि नेपाल सरकार गम्भिर छ । विभिन्न दातृ राष्ट्रहरुसँग, विकास साझेदारी राष्ट्रहरुसँग छलफल र अनुरोध गरिराखेको छ । हामीले हाम्रो तहबाट संरक्षण गर्ने कुरा र उपयोग गर्ने कुरामा पनि हामी सबै नेपालीहरु आफ्नो ठाउँबाट लाग्नुपर्छ भन्ने म विश्वास राख्न चाहन्छु ।’
प्रतिक्रिया