Logo

अर्थ

सुनचाँदीको मूल्य घट्यो



काठमाडौं । शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा आज एक हजार रुपैयाँले घटेको हो । बिहीबार प्रतितोला एक लाख ७६ हजारमा कारोबार भएको सुन आज प्रतितोला एक लाख ७५ हजार रुपैयाँमा खरिदबिक्री  भैइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, आज चाँदी प्रतितोला ३५ रुपैयाँले घटेको छ । आज चाँदी एक हजार नौ सय ९५ रुपैयाँमा खरिदबिक्री भैइरहेको छ  ।

प्रकाशित मिति : ८ चैत्र २०८१, शुक्रबार  १२ : १० बजे