Logo

प्रदेश

एक सय तीन केजी गाँजासहित ट्रक नियन्त्रणमा



रौतहट । बारा सशस्त्र प्रहरीले १ सय ३ के.जी. लागु औषध गाँजासहित ट्रक नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरीले चैत्र ६ गते राती रामनगरबाट १ सय ३ के.जी. गाँजासहित ना. ८ ख ९०२७ नम्बरको ट्रक नियन्त्रणमा लिएको हो ।

सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट  बेनौलीवाट खटिएको टोलिले पचरौता नगरपालिका–३ रामनगरबाट राती  गाँजासहित  ट्रक नियन्त्रणमा लिएको बारा  सशस्त्र प्रहरीले जनाएको छ ।

लागु औषध गाँजासहित ट्रकलाई आवश्यक कारबाही अघि बढाइएको  सशस्त्र प्रहरी बल नेपालले जानकारी दिएको छ ।

प्रकाशित मिति : ७ चैत्र २०८१, बिहिबार  ३ : २४ बजे