Logo

कर्पोरेट

एमबीएल इक्विटी फण्डको इकाईमा आवेदन दिने आज अन्तिम दिन



काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेडले निष्काशन गरेको एमबीएल इक्विटी फण्डको इकाईमा आवेदन दिने आज, चैत ७ गते अन्तिम दिन रहेको छ। उक्त मिचुअल फण्डको इकाईको आवेदन प्रक्रिया २२ फागुनबाट सुरु भएको थियो।

क्यापिटलले १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई निष्काशन गरेको छ, जसमा प्रत्येक इकाई १० रुपैयाँमा खरिद गर्न सकिन्छ। माछापुच्छ्रे क्यापिटलका अनुसार, कुल निष्काशनको १४ प्रतिशत अर्थात् १ करोड ६८ लाख इकाई माछापुच्छ्रे बैंकलाई र १ प्रतिशत अर्थात् १२ लाख इकाई माछापुच्छ्रे क्यापिटललाई छुट्याइएको छ।

बाकी रहेको १० करोड २० लाख इकाई सर्वसाधारणका लागि निष्काशन गरिएको छ। यस योजनाको अवधि १२ वर्ष रहेको बन्दमुखी प्रकृतिको यो योजना एक आकर्षक अवसरको रूपमा देखिएको छ।

आवेदन दिने इच्छुक व्यक्तिहरूले न्यूनतम १०० इकाई र अधिकतम १ करोड २० लाख इकाई खरिद गर्न सक्नेछन्।

प्रकाशित मिति : ७ चैत्र २०८१, बिहिबार  १ : १४ बजे