काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले नयाँ वर्ष २०८२ को अवसरमा दशकौं पुराना नेपाली जीवनशैली झल्काउने दुर्लभ तस्वीरहरूको समावेश गरिएको क्यालेन्डर सार्वजनिक गरेको छ। क्यालेन्डरको विमोचन नेपाल उद्योग वाणिज्य महासंघ तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले कमलादीस्थित बैंकको कर्पोरेट कार्यालयमा एक विशेष समारोहमा गरेका थिए।
क्यालेन्डरमा दशकौं अघिका नेपाली जीवनशैली, रहनसहन र परम्परागत अभ्यासलाई कैद गरेका दुर्लभ तस्वीरहरू समावेश गरिएको छ, जसले नयाँ पुस्तालाई विगतका जीवनशैली र संस्कृतिका बारेमा जानकारी दिन मद्दत गर्नेछ। क्यालेन्डरले समयसँगै परिवर्तन भएका जीवनशैली र समाजका विभिन्न पक्षहरूको स्मरण गराउने काम गर्दछ।
समारोहमा बोल्दै, बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले ग्लोबल आइएमई बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व पूरा गर्दै समाजका विभिन्न क्षेत्रहरूमा काम गरिरहेको र क्यालेन्डरका माध्यमबाट नेपाली कला, संस्कृति र परम्परालाई प्रवद्र्धन गर्दै आएको बताए। उनले भने, ूहामीले विगतका वर्षहरूमा क्यालेन्डरमा नेपाली कला र संस्कृतिको विभिन्न पहलु प्रस्तुत गर्दै आएका छौं। नेपालको सर्वांगिण विकासका लागि नेपाली कला, साहित्य, संस्कृति र सभ्यतालाई संरक्षण र प्रवद्र्धन गर्न आवश्यक छ।ू
ग्लोबल आइएमई बैंकले यसअघि पनि सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरू आयोजना गरेको छ। बैंकले मुलुकभरका ७७ जिल्लामा शाखा सञ्जाल विस्तार गरी १,१०० भन्दा बढी सेवा केन्द्रबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ।
बैंकले ५० लाखभन्दा बढी ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै मुलुकका प्रमुख सेवा प्रदायकहरू मध्ये एकको रूपमा परिचित छ। साथै, बैंकले विभिन्न देशहरूबाट रेमिट्यान्स भित्र्याएर नेपालको अर्थतन्त्रमा योगदान पुर्याउँदै आएको छ।
कार्यक्रममा बैंकका सञ्चालक समिति, उच्च व्यवस्थापन र कर्मचारीहरूको उपस्थिति थियो।
प्रतिक्रिया