Logo

Breaking News 1

आज दुई संसदीय समितिको बैठक बस्दै, उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्रीसँग छलफल गरिने



काठमाडौं । संघीय संसद अन्तर्गत रहेका विभिन्न दुई समितिको बैठक बस्दैछ । बुधबार कानून, न्याय तथा मानवअधिकार समिति को बैठकै बिहान ८ बजे सिंहदरबारमा बस्ने छ ।

बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा वन तथा वातावरण मन्त्रालयसँग सम्बन्धित दफा ९ र ७२ माथि छलफल गर्ने कार्यसूची रहेको छ ।


त्यस्तै सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बिहान पौने ११ बजे बस्नेछ । बैठकमा शहरी विकास मन्त्रालयसँग छलफल गर्ने तयारी छ । छलफलका लागि उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्रीलाई बोलाइएको छ ।

प्रकाशित मिति : ६ चैत्र २०८१, बुधबार  ८ : ५७ बजे