काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गत स्वतन्त्र विद्यार्थी युनियको मंगलबार तोकिएको चुनाव केही कलेजमा स्थगित भएको छ । काठमाडौं उपत्यकाको पाटन संयुक्त क्याम्पस र पोखराको पृथ्वीनारायण क्याम्पसमा रोकिएको छ ।
प्राप्त जानकारी अनुसार ६२ मध्ये ३८ वटा आंगिक क्याम्पसमा चुनाव सकिएको छ । बिहान ८ बजेदेखि ४ बजेसम्म मतदानको समय तोकिएको थियो ।
काठमाडौंकै नेपाल कमर्स क्याम्पस मीन भवनमा शान्तिपूर्ण मतदान भएको अनेरास्ववियुका उपाध्यक्ष धर्म गिरीले जानकारी दिए ।
मतदान अवधिमा ६६१७ मध्ये २२६७ मत खसेको उनले जानकारी दिए । ‘मतदान शान्तिपूर्ण रुपमा सकिएको छ । मतदानपछि हामीले सरसफाइ पनि गरेका छौं,’ उनले भने ।
प्रतिक्रिया