Logo

कर्पोरेट

समृद्धि फाइनान्सको सिईओमा घिमिरे नियुक्त, लोहनीले दिएको राजीनामा स्वीकृत


३० फाल्गुन २०८१, शुक्रबार  

92
Shares

काठमाडौं। समृद्धि फाइनान्सले सन्तोष कुमार घिमिरेलाई आगामी ४ वर्षका लागि प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा नियुक्त गरेको छ। सञ्चालक समिति बैठकको निर्णय अनुसार, १ वैशाख २०८२ बाट यो नियुक्ति लागु हुनेछ।

हालका सिईओ, टिका निधी लोहनीले व्यक्तिगत कारण देखाउँदै दिएको राजीनामा २९ फागुनदेखि प्रभावी भएको हो। समृद्धि फाइनान्सले नयाँ सिईओको जिम्मेवारी नसम्हाल्नेसम्मका लागि नायब महाप्रबन्धक विनोद राज पौडेललाई प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी प्रदान गरेको छ।

सन्तोष कुमार घिमिरे, जो पहिले गोर्खाज फाइनान्सका प्रमुख कार्यकारी अधिकृत थिए, राष्ट्र बैंकको ६ महिनाको कुलिङ पिरियड पूरा गरेपछि समृद्धि फाइनान्समा कार्यभार ग्रहण गर्नेछन्। घिमिरेले नेपाल राष्ट्र बैंकको निर्देशकको रूपमा अवकास लिएका थिए र त्यसपछि गोर्खाज फाइनान्समा सिईओको जिम्मेवारी सम्हालेका थिए।

सन्तोष घिमिरेको नियुक्ति संस्थाका लागि नयाँ चरणको सुरुवात हुने अपेक्षासमेत गरिएको छ।

प्रकाशित मिति : ३० फाल्गुन २०८१, शुक्रबार  १ : ४१ बजे