Logo

कर्णाली प्रदेश

रुखले च्यापेर एक जनाको मृत्यु


२९ फाल्गुन २०८१, बिहिबार  

69
Shares

मुगु । छायानाथ रारा नगरपालिका–१४, बाम थुम्बाडा गाउँका ४५ वर्षीय चन्द्रबहादुर बढुवालको रुख ढलेर चोट लाग्दा मृत्यु भएको छ ।

बुधबार दिउँसो गाउँबाट करिब तीन घण्टा टाढा रहेको सुगुतिर जंगलमा भेडाबाख्रा चराउँदै गर्दा तीव्र हावाहुरीले माथिबाट रुख ढल्दा उनी गम्भीर घाइते भएका थिए । स्थानीय नन्दलाल बढुवालका अनुसार उनले चराउन लगेका १०० भेडाबाख्रा समेत जंगलमा हराएका छन् ।

स्थानीय रत्नबहादुर बढुवालका अनुसार घाइते भएको खबर पाएपछि साँझ ४ बजेतिर स्थानीय बासिन्दा उद्धारका लागि पुगेका थिए । तर, घटनास्थलमै उनको मृत्यु भइसकेको थियो ।

प्रकाशित मिति : २९ फाल्गुन २०८१, बिहिबार  ६ : ४२ बजे