मुगु । छायानाथ रारा नगरपालिका–१४, बाम थुम्बाडा गाउँका ४५ वर्षीय चन्द्रबहादुर बढुवालको रुख ढलेर चोट लाग्दा मृत्यु भएको छ ।
बुधबार दिउँसो गाउँबाट करिब तीन घण्टा टाढा रहेको सुगुतिर जंगलमा भेडाबाख्रा चराउँदै गर्दा तीव्र हावाहुरीले माथिबाट रुख ढल्दा उनी गम्भीर घाइते भएका थिए । स्थानीय नन्दलाल बढुवालका अनुसार उनले चराउन लगेका १०० भेडाबाख्रा समेत जंगलमा हराएका छन् ।
स्थानीय रत्नबहादुर बढुवालका अनुसार घाइते भएको खबर पाएपछि साँझ ४ बजेतिर स्थानीय बासिन्दा उद्धारका लागि पुगेका थिए । तर, घटनास्थलमै उनको मृत्यु भइसकेको थियो ।
प्रतिक्रिया