रौतहट । बारा प्रहरीले १३ किलो लागूऔषध गाँजा सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
अस्थाई प्रहरी पोष्ट, रामबनबाट प्रहरी वरिष्ठ हवल्दार दिलिप कुमार सिंहको नेतृत्वमा खटिएको चेकिङ टोलिले गाँजा सहित मकवानपुर राक्सिराङ गाउँपालिका वडा न.१ बस्ने बर्ष ५० की सुशिला गोलेलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यलय बाराले आज बिहिवार एक प्रेस विज्ञप्ती जारी गर्दै उक्त जानकारी दिएको हो । जितपुरसिमरा उपमहानगर पालिका .३ बजनी विरगंज पथलैया सडक खण्ड स्थितमा विशेष सूचनाको आधारमा बुधबार खटिएको चेकिङ टोलिले माईक्रोबाट लागूऔषध गाँजा बरामद गरेको प्रहरीले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ ।
जिल्ला प्रहरी कार्यलय बारा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक विजय राज पण्डितका अनुसार हेटाँैडाबाट विरगंज तर्फ आउँदै गरेको ना ८ ख ६०६१ नं.को यात्रुबाहक माईक्रोलाई रोकी चेकजाँच गर्ने क्रममा लुकाइ राखेको अवस्थामा १३ किलो लागूऔषध गाँजा बरामद गरिएको हो ।
माईक्रोमा सवार यात्रीको साथमा रहेको दुई वटा बोरामा दुइ पोका गाँजा फेला पारेको उनले जानकारी दिए । लागुऔषध गाँजा सहित पक्राउ परेको महिला नियन्त्रणमा लिई आवश्यक कानूनी प्रक्रिया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
प्रतिक्रिया