Logo

शिक्षा

भिमेश्वर एकेडेमीको १९औं वार्षिकोत्सव र अभिभावक दिवस सम्पन्न


२६ फाल्गुन २०८१, सोमबार  

69
Shares

काठमाडौं ।  काठमाडौंको काँडाघारीमा स्थित भिमेश्वर एकेडेमीले आफ्नो १९औं वार्षिकोत्सव र अभिभावक दिवस धूमधामका साथ सम्पन्न गरेको छ। यस अवसरमा उद्योग, वाणिज्य र आपूर्तिमन्त्री दामोदर भण्डारी प्रमुख अतिथिका रूपमा उपस्थित भएका थिए।

विद्यालय प्राङ्गणमा आयोजित विशेष समारोहमा शिक्षकमात्र होइन, विद्यार्थीहरूको पनि योगदान निकै महत्वपूर्ण थियो। तीन दर्जनभन्दा बढी सांस्कृतिक प्रस्तुतिहरू प्रस्तुत गरेर शिक्षक र विद्यार्थीहरूले उपस्थित अतिथिहरू र अभिभावकलाई मनोरञ्जन प्रदान गरे।

समारोहको दौरान, विद्यालयले आफ्नो शैक्षिक उपलब्धिहरू सार्वजनिक गर्दै, अतिरिक्त गतिविधिहरूमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई सम्मान र पुरस्कार पनि प्रदान गर्यो। यसका साथै, विद्यालयका शिक्षक र केही ज्येष्ठ नागरिकहरूलाई पनि सम्मानित गरियो। विद्यालयको नेतृत्वद्वारा विशेष योगदान पुर्याउने शिक्षक, विद्यार्थी र अभिभावकलाई पनि सम्मान गरिएको प्रधानाध्यापक अमृत कुमार खड्काले जानकारी दिए।

कार्यक्रमको अध्यक्षता विद्यालयका अध्यक्ष कृष्णबहादुर कार्कीले गरेका थिए। यस अवसरमा कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्की, नेशनल प्याब्सनका अध्यक्ष सुवास न्यौपाने, कागेश्वरी मनोहरा नगरपालिकाको शिक्षा शाखा प्रमुख पुष्पराज ढकाल, कामनपा–९ का अध्यक्ष अनिल थापा, र काँडाघारी प्रहरी प्रभागका निरीक्षक राजन थापा लगायतका विशिष्ट अतिथिहरूको उपस्थिति थियो।

अतिथिहरूमा कागेश्वरी मनोहरा नगरपालिकाको शिक्षा शाखाका अधिकृत टेकेन्द्र ढकाल, नेशनल प्याब्सनका सचिव प्रकाश खड्का, त्रिभुवन विश्वविद्यालय कर्मचारी संघका अध्यक्ष छत्रबहादुर कार्की, विद्यालय सञ्चालक समितिकी सदस्य मन्दिरा बुढाथोकी, एन प्याब्सन काठमाडौंका उपाध्यक्ष प्रेम कुमार भुजेल, प्रेस चौतारी नेपालका उपमहासचिव सुरोजंग पाण्डे, एन प्याब्सन काठमाडौंका कोषाध्यक्ष टंक थापा लगायतका अन्य समुदायका सदस्यहरू सहभागी थिए।

कार्यक्रममा चन्द्रकला गौतम, सरस्वती थापा र गणेश श्रेष्ठले अतिथिहरूलाई खादा र ब्याच प्रदान गरेका थिए। विद्यालयका निर्देशक राजिव सेढाईंले कार्यक्रमको सञ्चालन गरेका थिए। उद्घाटन स्वस्तिक वाचन र संस्कृत संवादमार्फत गरिएको थियो।

अभिभावकको तर्फबाट सुरोजंग पाण्डेले मन्तव्य राख्दै विद्यालयको शैक्षिक गुणस्तर र विद्यार्थीहरूको विकासमा थप योगदान दिने आवश्यकता औंल्याए।

प्रधानाध्यापक अमृत कुमार खड्काले प्रमुख अतिथि दामोदर भण्डारीलाई मायाको चिनो हस्तान्तरण गरेका थिए। समारोहका दौरान सबै अतिथिहरूले विद्यालयको उन्नति र प्रगतिको कामना गर्दै विद्यालयलाई नयाँ प्रविधि र शिक्षण विधिहरूको प्रयोगमा ध्यान दिन सुझाव दिएका थिए।

विद्यालयले सबैका सुझावहरूलाई ध्यानमा राख्दै भविष्यमा थप उत्कृष्ट शिक्षा र समाजिक मूल्य निर्माणमा ध्यान दिने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रकाशित मिति : २६ फाल्गुन २०८१, सोमबार  ७ : २८ बजे