Logo

धर्म / संस्कृति

‘इस्कोनको ट्रेडमार्क दुरुपयोग भयो, गैरकानूनी काम भयो’


२२ फाल्गुन २०८१, बिहिबार  

69
Shares

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय कृष्ण भावना मृत संघ (इस्कोन)को ट्रेडमार्क दुरुपयोग भएको संस्थाले जनाएको छ ।

संस्थाका केही व्यक्तिले नाम, ख्याति तथा बौद्धिक सम्पत्ति दुरुपयोग गरिरहेको भन्दै ति व्यक्तिहरुलाई निषेध दिएको पनि संस्थाले जनाएको छ ।

‘मोरङ, सुनसरी, झापा, सिरह, नवलपरासी (पश्चिम) लगायतका जिल्लाहरूमा विभिन्न संघ–संस्थाहरू संचालन गरिरहेकोमा गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय, मोरङ, उद्योग विभाग, त्रिपुरेश्वर र विराटनगर उच्च अदालतको आदेशानुसार त्यस्तो किसिमको गैरकानूनी कार्य गर्न÷गराउन निषेधित गरिएको हो,’ विज्ञप्तिमा भनिएको छ ।

साथै, संस्थाका पूर्वपदाधिकारीहरू तथा सदस्यहरू वसन्त पराख गुरुङ (भक्तिसिद्धान्त दास) र विनिश यादव (विपिन विहारी दास) ले यस संस्थाको नाम, ख्याति तथा बौद्धिक सम्पत्ति (ट्रेडमार्क) दुरुपयोग गरी जनमानसमा भ्रमपूर्ण परिस्थिति सिर्जना गरेको तथा शैलेन्द्र यादव (सिद्धस्वरूप दास), मनिष राई (मनः शिक्षा दास) र खगेन्द्र बहादुर बस्नेत (खगराज अच्युत दास) ले यस संस्था विरुद्ध आपराधिक विश्वासघात एवं ठगी गरेकोले निजहरू विरुद्ध विभिन्न न्यायिक निकाय तथा अड्डा अदालतहरुमा मुद्दा विचाराधीन अवस्थामा रहेको हुँदा निजहरूलाई यस संस्थाबाट निष्कासित गरिएको जानकारी विज्ञप्तिमार्फत जनाइएको छ ।

‘निजहरूले इस्कोनको कुनै पनि प्रतिनिधित्व नगर्ने हुनाले इस्कोनसँग सम्बन्धित कुनै पनि दान–दातव्य तथा अन्य कुनै सहयोगका लागि बुढानीलकण्ठ न.पा.–५ स्थित इस्कोनको केन्द्रिय कार्यालयमा अथवा नेपालभरिका आधिकारिक इस्कोन मन्दिर÷शाखा÷इकाईमा सम्पर्क गर्न पनि संस्थाले जानकारी गराएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०८१, बिहिबार  २ : ०८ बजे