हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले हेटौँडामा बृहत मोटरसाइकल र्याली निकालेको छ । संसदमा राजा ज्ञानेन्द्र विरुद्ध अप शब्दको प्रयोग गर्ने नेताहरूको विरुद्धमा बृहत मोटरसाइकल र्याली आयोजना गरिएको जनाइएको छ ।
पार्टी कार्यालयबाट सुरु भएको मोटरसाइकल र्याली सानोपोखरा, ओमभवन, शितलमहल चोक, बसपार्क, एसपी कार्यालय र लोकप्रिय चोक हुँदै सीमाचोकमा कोणसभामा परिणत भएको थियो ।
राप्रपा हेटौँडा नगर अध्यक्ष अरुण लामाले देशको अवस्था बदल्न, व्यवस्था बदल्न राप्रपाले –र्याली निकालेको बताए । उनले देशका आम जनता देशको व्यवस्थाप्रति आहत भएकाले अहिलेको व्यवस्था बदल्न जनता सडकमा आएको बताए । ‘देशका आम जनता अब आहात भइसकेका छन्’ उनले भने ।
उनले भने, ‘देशले परिवर्तन खोजेको छ । देशले यो व्यवस्था धरासायी भयो भनेर व्यवस्था बदल्न खोजेको छ । संघियता खारेजी गर्नुपर्छ भनेर आवाज उठेको छ ।’ उनले देशभित्रका बेथिति चिर्नको लागि राष्ट्रिय प्रजातन्त्र पार्टीले राजा ज्ञानेन्द्रको पुनःवहालीका लागि हामीले चरणबद्ध आन्दोलनका कार्यक्रम गर्दै आएको बताए ।
राप्रपा महिला संगठन केन्द्रीय सचिव सरस्वती थिङले अहिले राज्यले गरेका गतिविधिहरुको बारेमा सजग गराउन र आम नागरिकलाई देशमा भइरहेको विकृति, विसंगती र अराजकता चिर्न र्याली निकालिएको बताए । उनले हिन्दु राष्ट्र, राजसस्था पुनस्थापना, भष्ट्राचार नियन्त्रण नभएसम्म राप्रपाका आन्दोलनका कार्यक्रम यथावत रहने बताए ।
प्रतिक्रिया