काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार, धितोपत्र दोस्रो बजारको मापक नेप्से परिसूचक आज ७५.२४ अंकले वृद्धि भई २,८९०.२८ विन्दुमा बन्द भएको छ। यसले २.६७ प्रतिशतको वृद्धि जनाउँछ।
आजको कारोबारमा १४ अर्ब २५ करोड चार लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ। कारोबारमा आएका १३ समूहमध्ये म्युचुअल फन्ड समूहको परिसूचक १.२७ प्रतिशतले घटेको छ।
साथै, १९६ कम्पनीको सेयर मूल्य बढेको र ४४ कम्पनीको सेयर मूल्य घटेको छ। चार कम्पनीको सेयर मूल्य स्थिर रहन पुगेको छ।
विशेष गरी, हिमालयन डिस्टिलरी, गार्डेन माइक्रो इन्स्योरेन्स र नेपाल लाइफ इन्स्योरेन्सको सेयरमूल्य १० प्रतिशतले वृद्धि भएको छ। साथै, फाइनान्स, माइक्रो फाइनान्स र होटल तथा पर्यटन समूहको परिसूचक चार प्रतिशतभन्दा बढीले वृद्धि भएको छ।
प्रतिक्रिया