वीरगञ्ज। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले वीरगञ्जस्थित सुख्खा बन्दरगाहको विस्तारका लागि सरकारले अधिग्रहण गरेको जग्गाको मुआब्जा अझै वितरण हुन नसकेकोमा चिन्ता व्यक्त गर्नुभएको छ। उहाँले स्थानीयवासीहरूको गुनासो सुनेर मुआब्जा प्रक्रिया शीघ्र अघि बढाउने प्रतिबद्धता जनाउनुभयो।
मन्त्री गुप्ता आज वीरगञ्ज–२५ स्थित सुख्खा बन्दरगाह निरीक्षण भ्रमणमा गएका थिए। अतिक्रमित गाउँका स्थानीयहरूले उहाँको स्वागतमा फूलमाला र खादाले भव्य स्वागत गर्दै मुआब्जा नपाएको विषयमा गुनासो सुनाएका थिए। मन्त्री गुप्ताले भने, ूजग्गाधनीहरूले लामो समयदेखि मुआब्जा पाउन नसक्नु चिन्ताको विषय हो। यसलाई तत्काल समाधान गर्ने प्रक्रिया अघि बढाउनेछौं।ू
सुख्खा बन्दरगाहका लागि ६२ बिघा जग्गा सरकारले सात वर्ष अगाडि अधिग्रहण गरेको हो, जसमा करिब ३०० घरधुरीका जग्गा समावेश छन्। मुआब्जा पीडित सङ्घर्ष समितिका बिजय कुमार तिवारीले मन्त्री गुप्तालाई सम्झाउँदै भने, ूवर्षौँसम्म मुआब्जा नपाएपछि स्थानीयवासी मर्कामा परेका छन्। यसलाई संसदमा उठाइदिनुहोस्।ू
यस अवसरमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले बाँकी रहेका मुआब्जासम्बन्धी प्रक्रिया पूरा भइसकेको र जग्गाधनीहरूले छिट्टै मुआब्जा पाउने विश्वास व्यक्त गर्नुभयो। उहाँले भने, ूअब मुआब्जा प्रक्रिया तीव्रता लिनेछ र प्रभावितहरूले राहत पाउने छन्।ू
कार्यक्रममा मुआब्जा पीडित सङ्घर्ष समितिका सदस्य अशोक चौधरी, वडाध्यक्ष आशुतोष चतुर्बेदी, वडाध्यक्ष सञ्जु छत्कुली र अन्य स्थानीय नेताहरूको पनि सहभागिता थियो।
प्रतिक्रिया