Logo

समाचार

सभापति देउवाद्वारा ग्याल्पो ल्होसारको शुभकामना सन्देश


१६ फाल्गुन २०८१, शुक्रबार  

69
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ग्याल्पो ल्होसारको अवसरमा शुभकामना दिएका छन् ।

शुक्रबार शुभकामना सन्देश दिँदै उनले नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताले भरिपूर्ण एक सुन्दर देश भएको बताए । चाडपर्व मध्ये नेपालका आदिवासी शेर्पा लगायत उत्तरी हिमाली क्षेत्रमा बसोबास गर्ने विभिन्न समुदायले मनाउने ग्याल्पो ल्होसार (नयाँ वर्ष) पनि एक महत्वपूर्ण पर्व भएको उनको भनाई छ ।

सन्देशमा भनिएको छ,‘नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताले भरिपूर्ण एक सुन्दर देश हो । यहाँ विभिन्न जातजातिका आ–आफ्नै विशिष्ट परम्परा, रहनसहन, रितिरिवाज र चाडपर्वहरू छन् । यी प्रत्येक चाडपर्वहरुलाई सबैले आदर र सम्मान गर्ने हाम्रो आफ्नै सद्भावयुक्त परम्परा छ । यी चाडपर्व मध्ये नेपालका आदिवासी शेर्पा लगायत उत्तरी हिमाली क्षेत्रमा बसोबास गर्ने विभिन्न समुदायले मनाउने ग्याल्पो ल्होसार (नयाँ वर्ष) पनि एक महत्वपूर्ण पर्व हो ।’

प्रकाशित मिति : १६ फाल्गुन २०८१, शुक्रबार  ९ : ५४ बजे