Logo

धर्म / संस्कृति

प्रधानमन्त्री ओलीद्वारा ग्याल्पो ल्होसारको शुभकामना


१६ फाल्गुन २०८१, शुक्रबार  

69
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शेर्पा समुदायको मुख्य पर्व ग्याल्पो ल्होसारको शुभकामना दिएका छन् ।

शुक्रबार शुभकामना सन्देश मार्फत उनले तिब्बत, सिक्किम र भुटानमा बसोबास गर्ने भोटे समुदाय समेतले ग्याल्पो ल्होसार मनाउने गरेको भन्दै ग्याल्पो ल्होसारको अवसरमा सम्पूर्णमा शुभकामना दिए ।

सन्देशमा भनिएको छ,‘आज ग्याल्पो ल्होछार, नेपालको उच्च पहाडी क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदायको मुख्य पर्व। तिब्बत, सिक्किम र भुटानमा बसोबास गर्ने भोटे समुदाय समेतले ग्याल्पो ल्होछार मनाउँछन्। ग्याल्पो ल्होछारको अवसरमा सबैलाई शुभकामना !’

प्रकाशित मिति : १६ फाल्गुन २०८१, शुक्रबार  ८ : ०० बजे