Logo

मुख्य समाचार

लगनखेलमा पोखरी संरक्षणका लागि भवनहरु भत्काउन थालियो


१२ फाल्गुन २०८१, सोमबार  

69
Shares

काठमाडौं । ललितपुर महानगरपालिकाले लगनखेलको चोकमा रहेका भवनहरु भत्काउने काम सुरु गरेको छ ।

ललितपुर महानगरपालिकाले ऐतिहासिक पोखरीहरुलाई पुनरुत्थान गर्ने योजना अन्तरगत सोमबार लगनखेलस्थित पोखरी संरक्षणका लागि भवन भत्काएको महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले जानकारी दिएका छन् ।

उनले लगनखेलको चोकमा रहेको पोखरी छोपिएकाले भवनहरु हटाएर पोखरीलाई सबैले हेर्नसक्ने बनाउनको लागि भत्काएको बताए ।

उनले भने, ‘ललितपुर महानगरपालिकाले ऐतिहासिक पोखरीहरुहरुलाई पुनरुत्थान गर्ने योजना अन्तरगत सप्तपातल पोखरी बनाइरहेका छौं । सँगै राजदलले लिइराखेको लगभग ३० रोपनी क्षेत्रफलमा रहेका तीन वटा पोखरी पनि फिर्ता लिएका छौ । त्यसको पनि संरक्षण भइरहेको छ । यसै सन्दर्भमा लगनखेल चोकमा रहेको ऐतिहासिक पोखरी छोपिएको अवस्थामा छ । यहाँभित्र पोखरी छ भन्ने कुरा सायद धेरैलाई थाहा छैन् होला । यसलाई सुधार गर्दैछौ । तर पोखरीलाई बटुवाहरुले कति ठूलो पोखरी रहेछ भनेर देख्न पाउन भनेर काम गरेका हौं ।’

यसको साथै, उनले उक्त स्थानमा वडा नं ५ को कार्यालयलगायतका भवनहरु रहेको पनि बताए ।

उनले भने, ‘यही ठाँउमा वडा नं ५ को कार्यालयलगायतका भवनहरु धेरै पहिलादेखि बनिरहेको हुनाले ति भवनहरु सबै भत्काउदैँछौ । यहाँ रहेको न्हुँ पुखुको बारेमा धेरै मान्छेलाई थाहा छैन् । यस्तो ऐतिहासिक न्हुँ पुखु छ तर छोपिएको अवस्थामा भएको कारणले कसैले देखेको छैन् । त्यसकारण अब यो सबै भवनहरु हटाएर पोखरीलाई राम्रो बनाउछौ ।’

प्रकाशित मिति : १२ फाल्गुन २०८१, सोमबार  १ : ४३ बजे