Logo

मुख्य समाचार

डोजरले खसालेको ढुंगाले लाग्दा ६ वर्षका बालकको मृत्यु


१२ फाल्गुन २०८१, सोमबार  

115
Shares

मुगु ।  मुगुको सोरु गाउँपालिका अन्तरगत पर्ने वडा नम्बर १० बजुरेदेखि दोमुख जोड्ने सडक निर्माणको क्रममा डोजरले ढुंगा खसाल्दा एक जनाको मृत्यु भएको छ ।

हुम्लाबाट आफ्नो घर धैन तिर फर्किदै गर्दा सोरु गाउँपालिका १० बलाडि नजिकै डोजरले खसालेको ढुङ्गा लागेर धैन घर भएका ६ वर्षका बालक लोकजङ्ग नेपालीको घटना स्थलमै मृत्यु भएको हो । आमा कल्पना नेपाली सिकिस्त घाइते भएको स्थानीयले बताएका छ्न ।

उक्त सडक खण्डको ठेक्का हुम्ला निवासी धुब्र शाहि र डोजर धनी सोही वडा निवासी नवराज मल्लले सडकको निर्माण जिम्मा लिएका छ्न ।

घटना सदरमुकामदेखि टाढा भएको हुनाले थप विवरण आउन बाँकी रहेको छ । अहिले घटना स्थालमा प्रहरी पुगेर थप अनुसन्धान गरिहेको छ । घाईते कल्पना नेपालीलाई जिल्ला सदरमुकाम गमगढी ल्याउने तयारी भईरहेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०८१, सोमबार  ११ : ४० बजे