Logo

खेलकुद

सातौं बागमती गोल्डकप :हिमालयन शेर्पालाई हराउँदै थ्री स्टार सेमिफाइनलमा


६ फाल्गुन २०८१, मंगलबार  

69
Shares

बागमती । सातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता अन्तर्गत थ्री स्टार क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार बागमती–४ स्थित सहिद स्मृति रंगशालामा भएको दोस्रो क्वाटरफाइनल खेलमा खेलमा हिमालयन शेर्पा क्लबलाई ४–० गोलले हराउँदै थ्री स्टार प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो ।

थ्री स्टारको जीतमा सुशील राईले खेलको तेस्रो मिनेटमा, नवीन लामाले १७ औं मिनेटमा, विदेशी खेलाडी फोफनाले २४ औं मिनेटमा गोल गरे । खेलको म्यान अफ द म्याच लामा घोषित भए । उनले १० हजार रुपैयाँ प्राप्त गरे । सबै गोल पहिलो हाफमा भएको हो । पहिलो हाफ आफुलाई सम्हाल्न नसक्दा ४ गोल खान पुगेका हिमालयन शेर्पा प्रतियोगिताबाट बाहिरिएको छ । थ्री स्टार चौथो संस्करणको विजेता हो भने हिमालयन शेर्पा तेसो संस्करणको उपविजेता हो । चौथो संस्करणमा विदेशी टोलि अफ्रिकन रुट्स एसोसिएसनलाई हराउँदै थ्री स्टारले उपाधी जितेको थियो भने तेसो संस्करण हिमालयन शेर्पा जावलाखेल युवा क्लबसँग पराजित हुँदै उपविजेता बनेको थियो ।

आगामी फाल्गुन १२ गतेसम्म संचालन हुने  प्रतियोगिताको उपाधि विजेताले १० लाख र उपविजेताले ५ लाख प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिताको सर्वोत्कृट खेलाडीलाई १ लाख १ हजार तथा विधागत उत्कृष्ट खेलाडीलाई जनही २५ हजार, प्रत्येक खेलका म्यान अफ दी म्याचलाई १० हजार रुपैंया सहित शिल्ड प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०८१, मंगलबार  ७ : ०७ बजे