Logo

प्रदेश

अरु कसैले आएर देश बनाइदिँदैन : प्रधानमन्त्री



दाङ । प्रधानमन्त्री केपी शर्मा ओलीले तीनै तहका सरकार मिलेर विकास निर्माणका कामलाई तीव्रता दिनुपर्ने बताएका छन् ।

लुम्बिनी प्रदेशसभाको बैठकमा सोमबार विशेष सम्बोधन गर्दै उनले हाम्रो देश अरु आएर नबनाइदिने भन्दै तीनै तहका सरकार  सहकार्यका साथ नेपाललाई बनाउनमा लाग्नुपर्ने बताए ।

उनले भने, ‘चालीस वर्ष अगाडि छिमेकी चीन गरिब मुलुक थियो । अहिले आफ्नै मेहनातले सम्पन्न भइसकेको छ । हामीले पनि प्रविधि प्रयोगको ल्याकत बढाएर आफैंले देशको विकास गर्नुपर्छ । कुन ठाउँमा के उत्पादन हुन्छ भन्ने पहिचान गरेर ठूलो परिणाममा खेती र उत्पादन गर्न सकेमा बजार पाइन्छ । त्यस कारण हामीले त्यस्ता उत्पादनमा लाग्नुुपर्छ । उद्योगहरु स्थापनाका लगानी विस्तार गर्नुपर्छ । त्यसका लागि सरकारको तर्फबाट सहजीकरण गर्नुपर्छ । तीनवटै तहका सरकार यसमा सहकार्यका साथ अगाडि बढ्नुपर्छ । केन्द्र सरकारले लगानी विस्तार र सूचना प्रविधि क्षेत्रको विकासका लागि विभिन्न अध्यादेश ल्याएको छ । कोही कसैले अरु कारणले विरोध गर्नु बेग्लै कुरा हो । आमरुपमा अध्यादेशप्रति उद्योगी, व्यवसायी र सूचना प्रविधि क्षेत्रमा नयाँ उत्साह ल्याएको छ । यसले स्वागत पाएको छ ।’

प्रकाशित मिति : ५ फाल्गुन २०८१, सोमबार  २ : ३१ बजे