काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य तोलामा १४ सय रुपैयाँले वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आजको कारोबारमा छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६९ हजार ६०० रुपैयाँ कायम भएको छ। आइतबार भने छापावाल सुन प्रतितोला १ लाख ६८ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्यमा पनि १५ रुपैयाँको वृद्धि भएको छ। महासंघले जानकारी दिएको अनुसार, आज चाँदीको मूल्य प्रतितोला १ हजार ९७५ रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार चाँदी प्रतितोला १ हजार ९६० रुपैयाँमा किनबेच भएको थियो।
प्रतिक्रिया