Logo

कर्पोरेट

चितवन जिल्लामा किसानहरुलाई लक्षित गरी ऋण कर्जा प्रवाह गर्ने सम्झौतापत्रमा हस्ताक्षर



चितवन । प्रथम राष्ट्रिय डेरी एक्स्पो २०८१ समारोहमा चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ लिमिटेड र प्रभु बैंक लिमिटेडले किसान वर्गलाई लक्षित गरी ऋण कर्जा प्रवाह गर्ने समझदारी पत्रमा हस्ताक्षर गरेका छन्। उक्त सम्झौतामा चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ लिमिटेडका अध्यक्ष किशोर बगाले र प्रभु बैंक लिमिटेडका प्रदेश प्रमुख सांग्रीला श्रेष्ठज्यूले हस्ताक्षर गरे।

समारोहको उद्घाटन माननीय कृषिमन्त्री रामनाथ अधिकारीले गर्नुभएको थियो। यस सम्झौताले किसानलाई वित्तीय सहायताका अवसरहरू उपलब्ध गराउने र कृषिमा सुधार ल्याउने उद्देश्य राखेको छ।

प्रभु बैंक लिमिटेड, जुन हालसालै बैंक अफ द इयर २०२३ को उपाधि प्राप्त गरेको छ, नेपालभर ३११ शाखा कार्यालयहरू, २८४ एटीएम र ६९ एक्सटेन्सन काउन्टर मार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ। बैंकले अत्याधुनिक प्रविधिको प्रयोग गरी गुणस्तरीय सेवा सुनिश्चित गर्दै प्रतिस्पर्धी क्षेत्रमा अग्रसर रहेको छ। यसका साथै, प्रभु बैंकले फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड (२०२४) अवार्ड पनि प्राप्त गरेको छ।

यस सम्झौताले कृषि क्षेत्रको विकासमा सकारात्मक योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ।

प्रकाशित मिति : २५ माघ २०८१, शुक्रबार  ५ : ३४ बजे