Logo

समाचार

द काठमाडौं पिंक केयर एथन’ मार्च १ हुने



काठमाडौं । लिजर पोर्ट नेपाल प्रालिले ‘द काठमाडौं पिंक केयर एथन’ १ मार्च २०२५ मा आयोजना गर्न लागेको छ ।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै महिला स्वास्थ्य र सशक्तिकरणको लागि ‘द काठमाण्डु पिंक केयर एथन’ को आयोजना गर्न लागेको जानकारी गराएको हो । व्यायामसहित नियमित शारीरिक क्रियाकलापले समग्र स्वास्थ्य र तन्दुरुस्ती सुधार गर्न, स्वस्थ तौल कायम राख्न, धेरै पुरानो रोगहरूको लागि जोखिम कम गर्न र राम्रो मानसिक स्वास्थ्यलाई बढावा दिन मद्दत गर्ने हुनाले उक्त कार्यक्रमको आयोजना गरेको पनि आयोजकको भनाई छ । 

प्रकाशित मिति : २४ माघ २०८१, बिहिबार  ७ : ५६ बजे