रौतहट । रौतहटको चन्द्रपुर नगर क्षेत्रमा चौथो चन्द्रपुर महोत्सव २०८१ हुने भएको छ । मधेस प्रदेश सरकार उद्योग बाणिज्य तथा पर्यटन मन्त्रालय जनकपुरको मुख्य सहयोगमा र नेपाल पर्यटन बोर्डको प्रवर्धकमा र नेपाल उद्योग बाणिज्य महासंघको सह आयोजना तथा चन्द्रपुर उद्योग बाणिज्य संघको आयोजनामा हुने भएको हो ।
चौथो चन्द्रपुर महोत्सव यहि फाल्गुन ७ गतेदेखि १७ गतेसम्म चन्द्रपुर नगर क्षेत्रमा हुने चन्द्रपुर उद्योग बाणिज्य संघका अध्यक्ष उदय नारायण सापकोटाले बताए ।
उनका अनुसार लामो समयपछी चन्द्रपुरमा महोत्सव हुन लागेको हो । उक्त महोत्सवको मुख्य नारा कृषि पर्यटन उद्योग ब्यापार , समृद्धिको मुख्य आधार तय भएको उनले जानकारी दिए । प्रादेशिक औधोगिक मेलाको रूपमा चन्द्रपुर महोत्सव रहने आयोजक संघका अध्यक्ष सापकोटाले बताए ।
महोत्सवमा कृषि, पर्यटन , उद्योग , ब्यापारका स्टल समेत रहने उनको भनाइ छ । अहिले सचिवालय स्थापना गरी स्टल बुकिङ लगायतको काम भैइरहेको उनले उल्लेख गरेका छन् । महोत्सवमा ख्याति प्राप्त कलाकारहरुले मनोरञ्जन दिने आयोजक संस्था चन्द्रपुर उद्योग बाणिज्य संघले जनाएको छ ।
संघका अनुसार फाल्गुन ९ गते गिनिज बुकमा रेकर्ड दर्ज गराउन सफल चर्चित जादुगर बलराम सरकार,१० गते चर्चित गायिका रचना रिमाल ,१३ गते चर्चित गायिका÷ब्याटल प्रीति आले , १३ र १४ गते गायिका तथा कुशल कार्यक्रम प्रस्तोता मञ्जु पौडेल, १६ गते गायक दुर्गेश थापा र मोडल तथा नृत्यांगना रचना शिवाकोटीको प्रस्तुति रहनेछ ।
प्रतिक्रिया