रौतहट । रौतहटको गौरमा रहेको यातायात व्यवस्था कार्यालय विभिन्न शिर्षकमा चार करोड ६६ लाख ९७ हजार ३ सय ४७ राजश्व संकलन गरेको छ ।
यातायात व्यवस्था कार्यालय गौरले २०८१ साल श्रावण १ गतेदेखि माघ १८ गते सम्मको राजश्व विवरण सार्वजनिक गरेको हो ।
विवरण अनुसार यातयात क्षेत्रको आम्दानी १३ लाख ६१ हजार ३ सय १८, सवारी साधन कर २ करोड ९९ लाख ५२ हजार २ सय ३३, चालक अनुमति पत्र सवारी दर्ता किताव सम्वन्धी दस्तुर १ करोड ५३ लाख ८३ हजार ७ सय १६ राजश्व संकलन भएको छ ।
यस अवधीमा अन्य प्रशासनिक सेवा शुल्क, अन्य राजश्व, बेरुजु, व्यवसायिक रजिष्टेशन दस्तुरको शिर्षकबाट राजश्व संकलन नभएको कार्यालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।
२०७९ साल फागुन १८ गते यातायात व्यवस्था कार्यालय गौरमा स्थापना भएको हो । कार्यालयबाट सवारी चालक अनुमति पत्र जारी तथा नवीकरण, सवारी किताब दर्ता तथा नवीकरणका लगायतका सेवा प्रदान गर्दै आएको छ ।
विशेषगरी सवारी चालक अनुमति पत्र (लाईसेन्स) लिनका लागि बर्दिबास, जनकपुर, वीरगञ्ज लगायत ठाउँमा जानुपर्ने बाध्यता रहेको थियो । गौरमा नै यातायात व्यवस्था कार्यालय खुलेपछि सहज भएको स्थानियहरु बताउँछन् ।
यातयात व्यवस्था कार्यालय गौरका प्रमुख जितेन्द्र किशोर गुप्ताका अनुसार सवारी चालक अनुमति पत्रका लागि कार्यालयले नियामनुसार नै लिखित तथा प्रयोगात्मक परीक्षा संचालन गर्दै आएको छ ।
प्राय: सवारी चालक अनुमति पत्र नविकरण वा नयाँ बनाउनका लागि आउने सेवाग्राहीको कार्यालयमा भिड रहने गरेको उनको भनाई छ ।
गौरमा यातायात व्यवस्था कार्यालय स्थापना भएपछि उल्लेखनियले सेवा पाउनुका साथै राजश्वमा समेत वृद्धि भएको जनाएको छ । मधेस प्रदेशका प्राय सवै जिल्लामा यातायात व्यवस्था कार्यालय स्थापना भएको छ ।
प्रतिक्रिया