Logo

मुख्य समाचार

एक रुपैंयाँ जरिवाना तोकिएकासहित १८ फरार प्रतिवादी पक्राउ



रौतहट । रौतहट प्रहरीले एक रुपैंयाँ जरिवाना तोकिएकासहित १८ जना फरार प्रतिवादी पक्राउ गरेको छ । अदालतको फैसला कार्यान्वयन अन्तरर्गत अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएको फरार प्रतिवादीहरुलाई पक्राउ गरेको हो ।

कुटपिट र जलसाजीका चार जना प्रतिवादी एक रुपैंयाँ जरिवाना तोकिएको रौतहट प्रहरी नायब उपरीक्षक दिपक कुमार रायले बताए । उनका अनुसार कुटपिटका उमा पति देवी, रुद्रल सहनी र जलसाजीका कौशीला देवी कल्वार र सन्तोष कुमारलाई एक रुपैयाँ जरिवाना तोकिएको हो । पक्राउ परेका फरार प्रतिवादीहरुमा लुटपिट, गाली बेइजतीमा सगिरा खातुन र जलसाजीमा आशा देवी भण्डारीलाई रु ६ जरिवाना तोकिएको उनले जानकारी दिए ।

जलसाजीका राम सिहासन साह र साहेब लाल साहलाई रु १० जरिवाना तोकिएको उनको भनाइ  छ ।  किर्तेका गगाजली देवी र कुटपिट लुटपिटका ललीता देवी दासलाई रु ५० जरिवाना तोकिएको रौतहट प्रहरीले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।

किर्ते जलसाजीका गणेश महरा चमार, लुट्पिट गाली बेइजतीमा शेख जाकिर , गाली बेइजतीमै जितन राय यादव, प्रभा देवी कुटपिटमा महेन्द्र राय यादव, जग्गा खिचलोमा गेना लाल साह, सिया राम साह र राम नाथ साहलाई पक्राउ गरेको  रौतहट प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय तथा मातहातबाट खटिएको टालीले खोजतलास गरी विभिन्न स्थानबाट पक्राउ गरेको बताएको छ । पक्राउ परेकाहरुलाई आवश्यक  कारवाहीका लागि रौतहट जिल्ला अदालतमा पठाएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रकाशित मिति : १७ माघ २०८१, बिहिबार  ४ : ५५ बजे