Logo

खेलकुद

सहिद दिवसको अवसर पारेर सभापति कपको ट्रफी अनावरण



काठमाडौं । नेपाली काँग्रेस लोकतान्त्रिक खेलकुद सङ्घ महाधिवेशन निर्देशन समितिको आयोजनामा राजधानीमा जारी सभापति कप फुटबल प्रतियोगिताको ट्रफी आज अनावरण गरिएको छ ।

मंगलबार आयोजक महाधिवेशन निर्देशन समितिले सहिद दिवसको अवसर पारेर  एक कार्यक्रमका बीच सहिद गेटमा ट्रफी अनावरण गरेको हो ।

माघ १० गतेदेखि सुरु भएको सर्वाधिक पुरस्कार राशिको नकआउट फुटबल प्रतियोगिताको फाइनलमा सङ्कटा क्लब र आयोजक लोकतान्त्रिक खेलकुद सङ्घ बागमती प्रदेश (बागमती) फाइनलमा प्रवेश गरिसकेका छन् ।

प्रकाशित मिति : १६ माघ २०८१, बुधबार  १ : २६ बजे