Logo

समाचार

चन्द्रपुरमा आयुर्वेद उपचार गर्ने बिरामीको संख्या बढन थाल्यो



रौतहट । प्रादेशिक आयुर्वेद तथा बैकल्पिक चिकित्सालय चन्द्रपुरमा पछिल्लो समयमा उपचारका लागि आउने बिरामीको संख्या बढन थालेको छ ।

प्रादेशिक आयुर्वेद चिकित्सालयमा अहिले ओपिडी, जेष्ठ नागरिक सेवा (जेष्ठ नागरिकहरुलाइ रसायन औषधी निशुल्क बितरण),स्तनपाइ(आमाहरुलाइ दुध बर्धक औषधी निशुल्क बितरण),बाथको बिरामीको लागी पंचकर्म सेवा, होमियोप्याथिक सेवा र ल्याब सेवा उपलब्ध गराएको छ ।

यस सेवा सुबिधा लिन सेवाग्राहीहरु चन्द्रपुर–६ स्थित चन्द्रनिगाहपुरमा रहेकोे उक्त चिकित्सालयमा पुग्ने गरेको पाइन्छ । प्रादेशिक आयुर्वेद तथा बैकल्पिक चिकित्सालय चन्द्रनिगाहपुरका सुचना अधिकारी रुप नारायण महतोका अनुसार अहिले दैनिक ३० देखि ४० जनासम्म बिरामी उपचारका लागि आउने गरेको छ ।

यसअघि ५ देखि १० जना आउने गरेकोमा अहिले संख्या बढेको उनले जानकारी दिए । गत आर्थिक बर्ष २०८०÷८१ मा ३१ हजार २ सय ६६ जना बिरामीले यस चिकित्सालयबाट सेवा लिएकोमा हालको आर्थिक बर्षमा बढ्ने उनले बताए  ।

गत साउन देखी मंसिर सम्म ४ हजार ३ सय ५२ महिला र ४ हजार ७ सय ५४ पुरुष गरेर  ९ हजार १ सय ६ जनाले सेवा लिएको उनले उल्लेख गरेका छन ।

अहिले यस चिकित्सालयमा रौतहट  मात्रै नभएर छिमेकी मुलुक भारत देखी पनि बिरामीहरु उपचारको लागी आउने गर्दछन ।

प्रादेशिक आयुर्वेद तथा बैकल्पिक चिकित्सालयका प्रमुख डा. शिव शंकर रायका अनुसार भौतिक पुर्वाधारको अभाबले उपचार गर्न असहज भएको छ । भौतिक पुर्वाधार, औषधी लगायतमा स्थानिय, प्रदेश र संघीय सरकारले ध्यान दिनुपर्ने उनले जोड  दिए ।

प्रकाशित मिति : ३ माघ २०८१, बिहिबार  ५ : २८ बजे