काठमाडौं । पुसको आज अन्तिम दिन । अर्थात पुस २९ गते । पुस मसान्तका दिन काठमाडौंमा चिसो बढेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौंको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस मापन गरिएको छ ।
महाशाखाका अनुसार बिहान ५ः४५ बजे काठमाडौंको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस मापन भएको छ । तर दुई दिनयता काठमाडौंको तापक्रम उस्तै छ ।
किनकि आइतबार पनि काठमाडौंको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस नै मापन भएको थियो । यता आज काठमाडौंको अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियसकाबीच रहने पूर्वानुमान छ ।
प्रतिक्रिया