टीकापुर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले टीकापुर विमानस्थलको विकासमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
बिहीबार सुदुरपश्चिम औद्योगिक व्यापार मेला तथा टीकापुर महोत्सव २०८१ को समुद्घाटन समारोहमा सम्बोधन गर्दै उनले टीकापुर विमानस्थलको विकासमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
मन्त्री पाण्डेले लामो समयपछि पुन सुचारु भएको विमानस्थलले टीकापुरको सम्भावनाको ढोका खोलेको भन्दै टीकापुरमा अन्य सम्भावना पनि बढेको बताए ।
टीकापुरका परिकल्पनाकार खड्गबहादुर सिंहको परिकल्पना अझै पूरा नभएको बताउँदै उनको परिकल्पना अनुसार टीकापुर बनाउन सबै एकजुट हुनुपर्ने उनको भनाइ थियो ।
देशलाई स्थायित्व दिन नै दुई ठुला दल मिलेर सरकार निर्माण गरेको बताउँदै स्थायित्वले मात्र देशको विकास हुने पनि उनको भनाइ थियोे ।
प्रतिक्रिया